टिकटक खरिद गर्न माइक्रोसफ्टको पनि रुचि

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी कम्पनी माइक्रोसफ्ट टिकटक खरिदसम्बन्धी वार्तामा रहेको जानकारी दिएका छन् ।

अमेरिकी कानुनले टिकटक आफ्नो चिनियाँ अभिभावक कम्पनी बाइटडान्सबाट अलग हुन वा अमेरिकाभर प्रतिबन्धित हुन बाध्यकारी गरेको छ । एपलाई प्रतिबन्ध हुनबाट बचाउन यसलाई अमेरिकी कम्पनीलाई बेच्ने प्रयास भइरहेको छ ।

सोमबार राति पत्रकारहरूले माइक्रोसफ्ट टिकटक अधिग्रहणसम्बन्धी वार्तामा संलग्न छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले सकारात्मक जवाफ दिएका थिए ।

एपको मूल कम्पनी बाइटडान्स चीनमा रहेकाले चिनियाँ सरकारले एपमार्फत अमेरिकी प्रयोगकर्ताको जासुसी गर्न सक्ने चिन्ताका कारण एपलाई बेच्न वा बन्द गराउने दबाब हुने कानुन जनवरी १९ देखि लागू भएको थियो । तर, ट्रम्पले पद सम्हाल्नेबित्तिकै एपलाई बन्द गर्नुभन्दा ‘सम्झौताका लागि’ समय थप्ने कार्यकारी आदेश जारी गरे ।

त्यसपछि ट्रम्पलाई श्रेय दिँदै टिकटकले देशमा सेवा पुनस्र्थापित ग¥यो । पहिलो कार्यकालमा ट्रम्प आफैँले राष्ट्रिय सुरक्षाको चिन्ता व्यक्त गर्दै अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने प्रयास गरेका थिए ।

सुझावित समाचार