अनिल योञ्जनको लेखन तथा निर्देशनमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने भएका छन्। तमु ल्होसारको अवसरमा फिल्म घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन्।
लाइट ग्रिन र लाइट पिंक प्रयोग गरिएको पोस्टरमा धीरजले लाइट पिंक र मिरुनाले लाइट ग्रिन ड्रेस लगाएको देखिन्छ। पोस्टरमा उमंग शाहीको फोटोग्राफी र राकेश दाहालको डिजाइन रहेको छ।
अनुशा सिनेमा वुड पिक्चर्स प्रालिको ब्यानरमा बन्ने फिल्ममा बुद्धि तामाङको पनि अभिनय रहनेछ।
फिल्ममा सम्बन्धमा रहेको एक जोडीको प्रेमकथा देखाइने निर्देशक योञ्जनले बताए। ‘उनीहरू एक-अर्कालाई धेरै माया गर्छन्, तर, आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन्। दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ,’ उनले भने।
काठमाडौंमा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आगामी वर्षको भदौमा प्रदर्शन हुने बताइएको छ।