न्युजिल्यान्डका अनुभवी ब्याटर मार्टिन गुप्टिल नेपाल प्रिमियर लिगको दोस्रो खेलमा गोल्डेन डकआउट (पहिलो बलमै) भएका छन् ।
उनलाई सुदूरपश्चिमका स्कटल गुकुलेइनले तेस्रो बलमै गोल्डेन डकआउट गरेका हुन् । उनी एनपिएल खेल्ने शिखर धवनपछिका दोस्रो ठुलो स्टार हुन् ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै कीर्तिमानी १८३ रनको लक्ष्य दिएको छ ।