गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला तथा बालबालिका

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण
गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला तथा बालबालिका

फाइल तस्बिर

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण दिने एक प्रतिवेदन प्रकाशित गरेको छ।

प्रतिवेदनका अनुसार हालसम्म मारिएकामध्ये झन्डै ७० प्रतिशत बालबालिका र महिलाहरू रहेका छन्। यसमध्ये करिब ८० प्रतिशतको मृत्यु आवासीय भवनमा भएको थियो, जसमा ४४ प्रतिशत बालबालिका र २६ प्रतिशत महिला थिए।

संयुक्त राष्ट्र संघ मानव अधिकारका लागि उच्चायुक्त भोल्कर टर्कले भने, ‘मेरो कार्यालयले आज मानिसहरूका लागि प्रकट भएको डरलाग्दो विवरणको प्रतिवेदन प्रकाशित गरेको छ। अक्टोबर ७, सन् २०२३ देखि जघन्य अपराधहरू हुने खतराबारे मैले बारम्बार चेतावनी दिएको छु। अन्तर्राष्ट्रिय कानुनले यी गम्भीर उल्लंघनको लागि न्याय दिनैपर्छ।’

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा ठुलो आतंकवादी आक्रमण गरेको थियो। उक्त आक्रमणमा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएका र २५० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए। तिनीहरूमध्ये लगभग १०० जनाभन्दा बढी अझै पनि बन्धक छन्।

जवाफमा, इजरायलले गाजामा हमास एकाइहरूलाई निशाना बनाउँदै कडा जवाफी आक्रमण सुरु गर्यो। इजरायली कारबाहीहले गाजामा ४५ हजारभन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको जनाइएको छ।

See More On

सुझावित समाचार