पूर्वी लेबनानमा इजरायली आक्रमणमा परी तीनजना पत्रकारको मृत्यु

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीनजना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चारमाध्यमले शुक्रबार जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिपाेर्टका अनुसार इजरायलले सिरियाली सीमानजिकै शुक्रबार बिहान ३:३० मा आक्रमण गरेको थियो । 

एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हामलाले दुईवटा भवनहरू क्षतिग्रस्त बनाएको थियो ।  सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषदननजिकैका दुईवटा भवनसमेत ढलेको जनाएइको छ ।

 इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्समार्फत निकासी चेतावनी जारी गरेपछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट गरेको छ । एएफपिटिभीको फुटेजमा आक्रमणपछि बेरुतको दक्षिणबाट धुवाँको मुस्लो उठेको देखाइएको छ ।  

केही समयअघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको इजरायलले बिस्तारै हारेत ह्रिक र हदथलाई पनि लक्षित गरी आक्रमया सुरु गरेको  छ ।

बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा ६ वटा भवनहरू क्षतिग्रस्त भएकाे राष्ट्रिय सञ्चारमाध्यम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्रभित्र आक्रमण गरेको जनाएको छ । रासस/एएफपी
 

सुझावित समाचार