आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रमहरू कटौती भएको भन्दै मंगलबारदेखि आमरण अनशनमा बसेका कोशीका पूर्वमुख्यन्त्री तथा कांग्रेस प्रदेश सांसद केदार कार्कीले अनशन तोडेका छन् ।
बुधबार साँझ कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ घिमिरेको उपस्थितिमा सहमति भएपछि कार्कीले दुई दिनदेखि थालेको अनशन ताडेका हुन् ।
मन्त्री घिमिरेले बुधबार साँझ विराटनगरको देवकोटाचाेकस्थित अनशन स्थलमा पुगेर सहमति गरेपछि विराटनगर– ६ की निर्मला शर्माको ४२ दिनका छोरा शिवशंकरबहादुर शर्माको हातबाट जुस खाएर कार्कीले अनशन ताेडेका छन्।
अनशनरत पूर्वमुख्यमन्त्री केदार कार्कीले घोषणा गरेका कार्यक्रमहरू अधिकांश बजेटमा परिसकेकाले त्यसको उचित कार्यान्वयन गराउने र नपरेका योजनाहरू बजेटमा पार्ने सरकारसँग सहमति भएको छ ।