‘शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?’

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उनले भने, ‘स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?’ गत आर्थिक वर्षमा एक लाख १२ हजार ४९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्यांक पेस गर्दै उनले यसका लागि  एक खर्ब ५२ करोड रुपैयाँभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए ।  

०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसइई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख गरे । 

सुझावित समाचार