बंगलादेशमा आरक्षणको विरोधमा विशाल आन्दोलन

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

बंगलादेशमा सरकारी जागिरका लागि भएको हिंसात्मक झडपमा परी मंगलबार कम्तीमा ६ जनाको मृत्यु भयो । झडपमा चार सयभन्दा बढी घाइते भएका छन् । बंगलादेशका प्रधानमन्त्रीले प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई अध्ययनमा फर्कन गरेको आह्वान बेवास्ता गर्दै विरोध चलिरहेको छ ।

सरकारले योग्यतामा आधारित योजना ल्याउनुपर्ने माग राख्दै विद्यार्थीले हप्ता दिनदेखि दैनिक विरोध प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरूले सरकारले छुट्याएको आरक्षणमा निश्चित समूहले मात्रै लाभ लिइरहेको भन्दै त्यसलाई हटाउन माग राखेका छन् ।

बंगलादेशले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुन भएको युद्धमा महत्वपूर्ण योगदान गरेका राष्ट्रनायकका सन्तानसहित विशिष्ट समूहका लागि निजामती सेवामा आधाभन्दा बढी सिट आरक्षित गर्ने गरेको छ । यस प्रणालीले सरकार समर्थक समूहका बालबच्चालाई मात्र फाइदा पुग्ने भन्दै प्रदर्शनकारीले असन्तुष्टि जनाएका छन् । 
 

सुझावित समाचार