नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता

बिहिबार, २८ असार, २०८१
डिजिटल संस्करण

नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका– १ खारा घर भएका ४८ वर्षका विशाल कार्की खोलाले बगाएर बेपत्ता भएका छन्। 

बिहीबार दिउँसो १२:४० बजेको समयमा गोरुसहित खेतमा काम गर्न जाने क्रममा बौदीकाली– १ को बौदी खोला तर्ने क्रममा सोही खोलाले बगाएर बेपत्ता भएका हुन् ।

त्यसैगरी, मध्यविन्दु नगरपालिका– ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियारलाई पनि आजै खोलाले बगाएर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ । उनलाई  मध्यविन्दु– १ पतवारीस्थित उल्टी खोला तर्ने क्रममा खोलाले बगाएको हो । बेपत्ता भएका दुवैजनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार