इतिहासमा आज

आइतबार, २४ असार, २०८१
डिजिटल संस्करण

सन् १९३७ : बेइजिङबाहिर चीन र जापानका सेनाबीच मार्कोपोलो पुलनजिक झडप । झडपसँगै दोस्रो चीन–जापानयुद्ध सुरु ।

सन् १८०७ : रुसी र पर्सियालीमाथि नेपोलियनको विजयपछि फ्रान्स र रुसबीच टिलसिट सन्धिमा हस्ताक्षर ।

सन् १९४१ : तटस्थ देश भए पनि अमेरिकाले आइसल्यान्डमा आफ्ना सेना पठाएको थियो । जर्मनीको हस्तक्षेपबाट जोगाउन भन्दै अमेरिकाले आफ्नो फौज पठाएको थियो ।

सन् १९७८ : सोलोमन टापु स्वतन्त्र राष्ट्र बन्यो ।

सन् २००५ : सुनियोजित आत्मघाती बम हमलाका कारण लन्डनको ट्रान्जिट प्रणाली प्रभावित । हमलामा ३९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएका थिए ।

सन् २०१९ : अमेरिकी महिला फुटबल (सोसर) टिमले नेदरल्यान्डलाई पराजित गरेर चौथो विश्वकप विजेता बन्यो ।

सुझावित समाचार