- लामो कपालको सबैभन्दा ठूलो समस्या भनेको जेलिइरहनु हो । जेलिएर लट्टा परेपछि लामो कपाल भएकाहरू हैरान हुन्छन् । नुहाएर सुकेपछि लामो कपाल अल्झिने सम्भावना बढी हुन्छ । त्यसैले नुहाउँदा नै कोर्नुपर्छ । स्याम्पु र कन्डिसनर प्रयोग गरिसकेपछि मोटो दाँत भएको काइँयोले कोरेर अल्झिएका कपाल फुकाउनुपर्छ । यसो गर्दा सुकेपछि कपाल अल्झिने झन्झटबाट मुक्ति हुन्छ ।
- नुहाएलगत्तै ड्राई स्याम्पु प्रयोग गर्नु राम्रो हुन्छ । हेयर स्प्रेले रुखो बनाउन सक्छ । यसको प्रयोग ठीक तरिकाले नगर्दा कपाल नासिन सक्छ । ड्राई स्याम्पु निकै थोरै मात्र प्रयोग गर्नुपर्छ । ड्राई स्याम्पुले कपाललाई बाक्लो देखाउँछ ।
- लामो कपाल हुनेले प्रायः बाँधेर हिँड्दा राम्रो हुन्छ । यत्तिकै खुला छाड्दा हावाले सुक्खा बनाउन सक्छ र जेलिन सक्छ । कसिलो गरी बाँधिरहँदा कपालको जरासम्म हावा खेल्न पाउँदैन । वर्कआउटका वेला पनि कपाललाई माथि लगेर कसिलो बाँध्नुहुँदैन । ‘हाई पोनी टेल’मा बाँध्दा तल्लो भागको कपाल गह्रौँ हुने र भार पर्ने हुन्छ । हल्का खुकुलो गरेर केही तल्लो भागमै बाँध्नु राम्रो हुन्छ ।