बागमतीमा संसदीय समितिका सभापतिले लिए शपथ

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सभाका संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेश सभा सचिवालयमा आयोजित एक समारोहमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रदेश सभाको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिका सभापतिमा नूरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथग्रहण गरेका हुन्। 

प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेसबाट प्रदेश सभा सदस्य हुन्।

यस्तै, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समितिको सभापति शर्मा एकीकृत समाजवादीका सांसद हुन्। उनीहरूलाई प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शपथग्रहण गराएका हुन् ।

सुझावित समाचार