समृद्धि फाइनान्सले ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । फाइनान्सका जनकपुर, खरेन्द्रपुर, इटहरी र औरही शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेका हुन् ।
जनकपुर शाखाले स्थानीय मोडेल कलेजका बिबिए पहिलो सेमेस्टारका ५० विद्यार्थीलाई, खरेन्द्रपुर शाखाले क्वालिटी एजुकेसनका ४० जना युवालाई, इटहरी शाखाले सिमरवन राधा कृष्ण महिला समूहका २५ जना महिलालाई र औरही शाखाले बिजुलपुर बजारका २० जना स्थानीय बासिन्दालाई वित्तीय साक्षरता दिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा अनावश्यक खर्च कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको उल्लेख छ ।