च्याम्पियन्स लिग : अन्तिम १६ को पहिलो लेगमा सिटीको सानदार जित

बुधबार, २ फागुन, २०८०
डिजिटल संस्करण

डिफेन्डिङ च्याम्पिय म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सानदार जित हासिल गरेको छ । 

मंगलबार राति भएको पहिलो लेगमा कोपनहेगनलाई उसको घरेलु मैदानमा सिटीले ३–१ ले माथ दियो । जितसँगै सिटीले अन्तिम आठका लागि बलियो दाबेदारी पेस गरेको छ ।

सिटीका लागि केभिन डिब्रुएना, बर्नान्डो सिल्भा र फिल फोडेनले समान एक–एक गोल गरे । कोपनहेगनका लागि मग्नुस म्याटसनको गोल सान्त्वना मात्र सीमित बन्यो ।

सिटीले १०औँ मिनेटमै डिब्रुएनाको गोलमा खेलमा अग्रता लिएको थियो । तर, ३४औँ मिनेटमा मग्नुसले बराबरी गोल फर्काए । तर, पहिलो हाफ सकिन लाग्दा बर्नान्डो सिल्भाले सिटीलाई पुनः अग्रता दिलाए । यस्तै, दोस्रो हाफको थपिएको समयमा फिल फोडेनले पनि गोल थपेपछि सिटी ३–१ को अवस्थामा पुग्यो । 

सुझावित समाचार