पाँच दिनदेखि हिमाली क्षेत्रकाे हवाई उडान प्रभावित

आइतबार, १४ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लामा पाँच दिनदेखि हवाई सेवा प्रभावित भएको छ। नेपालगन्जमा बाक्लो हुस्सु–कुहिरोका कारण कर्नालीको हुम्ला, मुगु, जुम्ला, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा समेत हवाई सेवा प्रभावित भएको हो।

हुस्सुले हुम्ला जिल्लाको हवाई उडान हुन नसकेको स्थानीय लोक भण्डारीले जानकारी दिए।  हुस्सु नलागेपछि बिहानै जहाज नेपालगन्जबाट सिमकोट पुगिहाल्थे पाँच दिन भयो उडान नभएको भण्डारी बताए।

उडान प्रभावित भएसँगै सिमकोटबाट काम विशेषले नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई सकस भएको छ। पूर्व पर्यटनको सिजन नभएपछि नेपालगन्जबाट दैनिक एक–दुई उडान निजी एयरलाइन्स सीता, तारा समिटले उडान भर्द‌ै आएका थिए।

यस्तैगरी बाजुरा जिल्लाको कोल्टी पनि उडान ठप्प भएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय अनिल शाहीले जानकारी दिए।

उडान नभएपछि बिरामीहरू गाडीबाट नेपालगन्ज, सुर्खेत झर्न गरेको शाहीले बताए। पाँच दिनदेखि कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र सुदूरपश्चिमको बाजुराको कोल्टीलगायतका क्षेत्र हवाई सेवा प्रभावित छन्।
 

See More On

सुझावित समाचार