इन्डोनेसियाले २० देशका पर्यटकलाई ‘फ्री भिसा’ दिने

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण
इन्डोनेसियाले २० देशका पर्यटकलाई ‘फ्री भिसा’ दिने

तस्बिर : रोयटर्स

इन्डोनेसियाली सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकका लागि ‘फ्री भिसा’ नीति लागू गर्न लागेको छ।

यहाँका पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन्।

‘फ्री भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारमा आधारित छ,’ युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा भने।

आधिकारिक रूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिनाअगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराए। इन्डोनेसियाले सन् २०२४ मा एक करोड ४० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यदि त्यसो भएमा देशको अर्थतन्त्रमा दुई सय ट्रिलियन रुपैयाँसम्म योगदान पुग्न सक्ने अपेक्षा गरिएको छ। 

‘आशा छ, हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको संख्या बढाउन सक्छौँ। विशेषगरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ,’ युनोले भनेका छन्।

सुझावित समाचार