वार्षिकोत्सवमा समृद्धि फाइनान्सको साइकल र्‍याली

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

‘जीवनका लागि स्वास्थ्य’ भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले साइकल र्याली गरेको छ । शंकरदेव कलेजअगाडिबाट सुरु भएको र्याली न्युप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, बिजुलीबजार, बानेश्वर, थापागाउँ, अनामनगर हुँदै पुनः सुरु भएको स्थानमा आएर समाप्त भएको हो ।

 र्यालीमा समृद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, सञ्चालक विनोदकुमार सुवेदी, सञ्चालक जेबी हमाल, सिइओ टीकानिधि लोहनी साथै फाइनान्सका १९ जना कर्मचारीको सहभागिता रहेको जनाइएको छ । कम्पनीले २५ कात्तिकमा मनाउन लागेको २२औँ वार्षिकोत्सवका लागि १९ देखि २५ कात्तिकसम्म वार्षिक उत्सव सप्ताह मनाउने जनाएको छ ।

यसअघि १९ कात्तिकमा पुतलीसडक शाखा र २२ कात्तिकमा जनकपुर शाखाबाट सरसफाइ तथा डस्टबिन वितरण गरिसकेको जनाइएको छ । 

सुझावित समाचार