बाँकेसहित चार जिल्लाका सिडिओ फेरिए

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बाँके, सर्लाही, इलाम र दोलखाका सिडिओ फेरिएका हुन्। 

बाँकेमा श्रवणकुमार पोखरेल, सर्लाहीमा कोमलप्रसाद धमला, इलाममा इन्द्रदेव यादव र दोलखामा टुवराज पोखरेललाई पठाइएको छ। 

पोखरेल यसअघि इलाममा, धमला दोलखा र यादव सर्लाहीमा सिडिओका रूपमा कार्यरत थिए। दोलखामा पठाइएका सहसचिव पोखरेल गृह मन्त्रालयमा कार्यरत थिए। बाँकेका सिडिओ विपिन आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

सुझावित समाचार