‘विदेश गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेसामा आबद्ध’

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरूमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेसामा आबद्ध रहेको बताएका छन्।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले नेपालमा दर्ता रहेका ७० हजारमध्ये ३० हजार नर्स विदेश गएका जानकारी दिए। राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको दाबी गर्दै गिरीले नीतिअनुसार सञ्चालन नहुने संस्थाहरूको नियमन आवश्यक रहेको बताए।

‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन आएको छ, यो किन र यसको मक्सद के हो ? यसको सर्वोपरि मक्सद गुणस्तर कायम गर्न हो, दोस्रो सर्वसाधारण जनताको चिकित्सा शिक्षामा पहुँच भएन, पहुँच वृद्धि गर्ने हो र तेस्रो शुल्क नियन्त्रणमा आउनुपर्छ भनेर हो,’ उनले भने, ‘नीतिहरूअनुसार संस्थाहरू पनि स्थापित छन् भन्ने कुराबारे प्रश्न भएको छ, त्यसरी नीतिअनुसार चलेका संस्थाहरू १० देखि १५ प्रतिशत मात्रै होलान्।’

See More On

सुझावित समाचार