पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङमा संघर्ष गरिरहेको छ।
सुरुवाती दुई ओभरभित्रै तीन विकेट गुमाएपछि दबाबमा परेको नेपाली इनिङलाई अहिले आरिफ सेख र सोमपाल कामीले सम्हाल्ने प्रयास गरिरहेका छन्।
यी दुईबीच अर्धशतकीय साझेदारी बनेको छ। यी दुईले ६० बलमा ५० रनको साझेदारी गरेका हुन्।
आरिफ ३१ बलमा २४ र सोमपाल ३५ बलमा २३ रन बनाएर खेलिरहेका छन्। आरिफले पाँच चौका र सोमपालले तीन चौका प्रहार गरिसकेका छन्।