श्रीलंकामा सात महिनामा भित्रिए आठ लाख पर्यटक

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

श्रीलंकामा यस वर्ष अगस्ठ ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलंका विकास प्राधिकरण (एसएलटिडिए) ले बुधबार जानकारी दिएको छ।

अगस्टको पहिलो ६ दिनमा श्रीलंकामा ३० हजार तीन सय तीन पर्यटक भित्रिएको एसएलटिडिएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए। यसमा भारत, बेलायत तथा चीनबाट आउने पर्यटककाे संख्या बढी छ। 

श्रीलंकामा कोभिड– १९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धराशायी भएको छ। सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए। 

यद्यपि, आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ। सन् २०२३ को जुनमा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक नेपाल भित्रिएका छन्।
 

सुझावित समाचार