इन्टरनेटको लत छुटाउन...

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

इन्टरनेटमार्फत तपाईं धेरै विषय हेर्न सक्नुहुन्छ । यसले तपाईंलाई ज्ञानवद्र्धक तथा मनोरञ्जक सामग्रीहरू प्रदान गरिरहेको हुन्छ । तपाईंको एक क्लिकमै तपाईंले चाहेको कुरा भेटाउन सक्नुहुन्छ । तर, इन्टरनेटको लत लाग्यो भने तपाईंमा धेरै समस्या पनि देखिन सक्छन् । त्यसैले आवश्यकताबाहेक इन्टरनेट धेरै चलाउनु राम्रो होइन ।

सबैभन्दा पहिले इन्टरनेटले तपाईंको समयतालिकामा असर गर्छ । इन्टरनेट चलाउँदाचलाउँदै तपाईंले गर्नुपर्ने प्राथमिकताका काम गर्न भुल्नुहुन्छ । कामको रुटिन गडबड भएपछि कार्यालयको काम पनि बिग्रन्छ । निजी जिन्दगीमा पनि असर गर्छ ।

समस्याबाट कसरी बाहिर निस्कने ?
समस्या स्वीकार गरेपछि मात्रै मानिसले उपचारको विधि पहिल्याउने हो । त्यसैले समस्याबाट बाहिर निस्कनका लागि पहिले तपाईंले इन्टरनेटको लतलाई गम्भीर समस्याका रूपमा स्विकार्नुपर्छ । त्यसपछि पनि तपाईंले एकैपटक इन्टरनेटको लत हटाउन सक्नुहुन्न । तपाईंले बिस्तारै इन्टरनेटमा बिताउने समय घटाउँदै लग्नुपर्छ । 

हप्तामा तपाईंले ३६ घन्टाभन्दा धेरै समय इन्टरनेटमा बिताउनुभयो भने यसलाई लत मानिन्छ । तपाईंले यसलाई घटाएर १६ घन्टाभन्दा कम समयमा झार्नुपर्छ । राम्रो महसुस गर्नका लागि अन्य गतिविधिमा व्यस्त राख्नुस् । मानिसहरूसँग भेट्न सुरु गर्नुस् । खेल खेल्नुस् । परिवारसँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्नुस् । घुम्न जानुस् । लामो दूरीको यात्रा गर्नुस् । किताब पढ्नुस् । डायरी लेख्न थाल्नुस् । यदि यी उपायले इन्टरनेटको लतबाट छुटकारा पाउन मद्दत मिलेन भने मनोचिकित्सकको सहायता लिन सकिन्छ । 

सुझावित समाचार