पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक

एनएस २०० को मूल्य ४,२४,९०० र एनएस १६० को ३,८४,९००

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस नेपाली बजारमा सार्वजनिक गरेको छ । दुवै मोडलले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले बताए । उनले भने, ‘हाम्रा दुई नयाँ बाइकहरू बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँँ–नयाँँ विशेषतासहितको अत्याधुनिक बाइकहरू ल्याएर हाम्रा राइडरहरूको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहनेछ ।’   

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यी दुवै पल्सरमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक छ । राइडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबिएस प्रणाली अपनाएको छ, जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल गर्छ । 

यी दुवैमा ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टरसहितको रियर नाइट्रोक्स मोनो सक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् । यसमा रहेको न्यु स्पोर्टी ग्राफिक्सको स्लिक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउँछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्छ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्यांकीमा बाँकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ भन्ने पनि देखाउँछ । पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४,२४,९०० र  ३,८४,९०० रुपैयाँमा उपलब्ध छन् ।

पल्सर एनएस २०० 
नयाँ पल्सर एनएस २०० मा १९९.५ सिसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको बिएसभिआई इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८०००  आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्छ । 

 पल्सर एनएस १६०  
पावर–प्याक्ड र रमाइलो बजाज पल्सर एनएस राइडरको सवारी अनुभवलाई निखार्न र उनीहरूको नयाँ–नयाँ ठाउँहरू एक्सप्लोर गर्ने चाहनालाई मूर्तरूप दिन डिजाइन गरिएको हो । यसमा १६०.३ सिसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको बिएसभिआई इन्जिन छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्छ ।  

See More On

सुझावित समाचार