नयाँ संसद् भवनमा ग्रेटर नेपालको नक्सा राख्नुपर्छ : उपसभामुख राना

बिहिबार, १८ जेठ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपालको संसद् भवनमा ‘ग्रेटर नेपाल’को नक्सा  राख्नुपर्ने बताएकी छिन्। बिहीबार निर्माणाधीन नयाँ संसद् भवनको अनुगमनका क्रममा उनले यस्तो बताएकी हुन्।

भारतले आफ्नो संसद् भवनमा नेपालको लुम्बिनी समेटेर ‘अखण्ड भारत’को नक्सा सार्वजनिक गरेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उपसभामुख रानाले नेपालले पनि स्ट्यान्ड लिनुपर्ने धारणा राखेकी हुन्।

‘अरूले जेसुकै भने पनि मलाई त मेरो देश नेपाल महानेपाल हुनुपर्छ। अरूले ग्रेट इन्डिया भन्छ भने हामीले ग्रेट नेपाल भन्छौँ। त्यसमा हामीले स्ट्यान्ड लिनुपर्छ,’ उनले भनिन्।

सुझावित समाचार