पश्चिमी वायुको प्रभावले मौसममा बदली

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण
पश्चिमी वायुको प्रभावले मौसममा बदली

फाइल तस्बिर

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौंसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ।

‘पश्चिमी वायुको प्रभावले काठमाडौंमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने। 

काठमाडौंमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ। उपत्यकामा खण्डित रूपमा वर्षा भएको महाशाखाले जनाएको छ।
 
‘मोखा’ चक्रवातको प्रभाव छैन

बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाले उल्लेख गरेको छ। मौसमविद् समीर श्रेष्ठले नेपालमा मोखा चक्रवातको कुनै पनि प्रभाव नरहेको बताए।  

‘चक्रवात पूर्वतर्फ सरिरहेको छ, नेपालमा यसले असर गर्दैन,’ उनले भने, ‘नेपाललाई नछोईकन बंगालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बंगलादेश, थाइल्यान्ड र म्यानमारमा मुख्य असर पर्ने देखिन्छ।’

उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको महाशाखाले जनाएको छ।

See More On

सुझावित समाचार