‘शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार रोकिँदैन’

बुधबार, १३ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार नरोकिने बताएकी छिन्। 

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य न्यौपानेले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएकी हुन्। उनले कर्मचारीलाई आफू र आफू आश्रित परिवारलाई पुग्ने गरी तलब व्यवस्था नगर्दासम्म भ्रष्टाचार नरोकिने जिकिर गरिन्। 

उनले भनिन्, ‘जब शिक्षा र स्वास्थ्य निःशुल्क हुँदैन, शिक्षा र स्वास्थ्यको निःशुल्क प्रबन्ध हुँदैन, तबसम्म भ्रष्टाचार रोकिँदैन। कर्मचारीलाई आफू र आफूमा आश्रितलाई पुग्ने रकम तलबको व्यवस्था नगर्दासम्म भ्रष्टाचार हुन्छ।’

उनले निर्वाचनमा उम्मेदवारले चुनाव जित्नका लागि करोडौँ खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसरी जितेर आएको उम्मेदवारले भ्रष्टाचार गर्ने सम्भावनाप्रति गम्भीर हुनुपर्ने बताइन्। 
 

सुझावित समाचार