मतगणनास्थलको लाइभ गर्न सिके राउतको माग

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ को मतगणनास्थलको लाइभ हुनुपर्ने माग राखेका छन्।‌

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बारा २ को मतगणनास्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी २ मा हामीले भोगिसकेका छौँ, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मच्चाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै। बारा २ मा सुवर्ण गापाका चारवटा बाकसको सिल टुटेको भेटिएको छ।’ 

बारा २ को मतगणनाको तयारी भइरहेको छ। आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने सहमति भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। 

सुझावित समाचार