इतिहासमा आज

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

सन् १९७१ : विश्वविख्यात गायक रोलिङ स्टोन्सको एल्बम ‘स्टिकी फिंगर्स’ सार्वजनिक । उनको यो एल्बम उत्कृष्ट रक  एल्बममध्ये एक मानिन्छ ।

सन् २००५ : युट्युबमा पहिलो भिडियो पोस्ट । सानडियागोको चिडियाघरमा खिचिएकोे युट्युबका सहसंस्थापक जाबेद करिमको ‘मि एट द जेरो’ शीर्षकको यो भिडियो १० सेकेन्डको छ । यो भिडियोलाई अहिलेसम्म २६ करोडभन्दा धेरैले हेरिसकेका छन् । युट्युबमा पहिलो भिडियो पोस्ट भएको वर्ष दिन पुग्दानपुग्दै युट्युबमा १० करोडभन्दा धेरै भिडियो पोस्ट भएका थिए । 

सन् २००७ : रुसी राजनीतिज्ञ बोेरिस यल्तसिनको ७६ वर्षको उमेरमा निधन ।

सन १९८४ : एड्स रोगको जीवाणु पत्ता लागेको घोषणा । एचआइभीको जीवाणु पत्ता लगाएकोमा फ्रान्सेली जीवाणुविद् लुक मोन्टाग्नेयर र फ्रान्कोइज बारी–सिनोउसीलाई चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । 

सुझावित समाचार