इतिहासमा आज

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

सन् १९१७ : सत्र वर्ष लामो निर्वासनपछि रुसी नेता भ्लादिमिर लेनिन स्वदेश फिर्ता । कम्युनिस्ट क्रान्तिकारी नेता लेनिन अर्को वर्ष रुसी सोभियत संघीय समाजवादी गणतन्त्र (एसएफएसआर) को नेता बने । सन् १९२२ पछि उनी सोभियत संघको पहिलो प्रधानमन्त्री बने ।

सन् २००३ : दश नयाँ सदस्य राष्ट्र युरोपेली संघमा प्रवेश गरेका थिए । ट्रिटी अफ एक्सेसनअन्तर्गत पोल्यान्ड, साइप्रस र चेक गणतन्त्रलगायत देश इयूमा सामेल भए । 

सन् २०१४ : इन्चोनबाट चेच्युतर्फ जाँदै गरेको दक्षिण कोरियाली डुंगा दुर्घटना हुँदा डुंगामा सवार ३०४ जनाको मृत्यु । मृत्यु हुनेमध्ये अधिकांश उच्च विद्यालयका छात्रछात्रा थिए ।

सन् २००७ : संयुक्त राज्य अमेरिकामा सबैभन्दा घातक सामूहिक गोलाबारीको घटनामा ब्ल्याक्सबर्ग, भर्जिनिया, भर्जिनिया टेकको क्याम्पसमा आक्रमणकारीसहित ३३ जनाको मृत्यु ।

सन् २००३ : ४० वर्षको उमेरमा माइकल जोर्डन बास्केटबलको इतिहासमा व्यापक रूपमा उत्कृष्ट खेलाडीको रूपमा ख्याति कमाए । उनले राष्ट्रिय बास्केटबल संघमा आफ्नो अन्तिम खेल खेले । 

सुझावित समाचार