महासंघको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको चुनाव हुने, संघई बाहिरिए

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको मतदान हुने भएको छ।  महासंघको वरिष्ठ उपाध्यक्ष हुन ५० प्रतिशतभन्दा बढी मत लिनुपर्ने हुन्छ । तर, त्यसअनुसार कसैको पनि मत नआएपछि दोस्रो चरणमा मतदान गर्न लागिएको हो । निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदान आज नै गरिनेछ ।  

महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा थिए ।  त्यसमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.५१ प्रतिशत र संघाईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन् ।

सबैभन्दा कम मत प्राप्त भएको आधारमा संघाई प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अब अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको चुनाव साढे ३ बजे हुनेछ ।

सुझावित समाचार