नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को सञ्चालक समिति बैठकले सञ्चालक समितिमा वाणिज्य बैंकहरूका तर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल नियुक्त भएका छन् । साथै, स्वतन्त्र सञ्चालककारूपमा अधिवक्ता जगदिश दाहाललाई पनि नियुक्त गरिएको छ ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थामार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एकजना तथा स्वतन्त्र सञ्चालकबाट एकजना गरी जम्मा सातजनाको प्रतिनिधित्व रहने व्यवस्था रहेको कम्पनीले जनाएको छ । एनसिएचएलले राष्ट्रियस्तरको भुक्तानी प्रणाली स्थापना तथा सञ्चालन गर्दै आएको जनाइएको छ ।