मत माग्न लोसपा कार्यालय पुगे उपराष्ट्रपतिका उम्मेदवार यादव

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)काे कार्यालय पुगेर मत मागेका छन्। 

उनले बबरमहलस्थित लोसपा पार्टी कार्यालयमा पुगेर वरिष्ठ नेता राजेन्द्र महतोसँग आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्। 

नेता महतोले आफू संघीयता पक्षधर रहेको र उपराष्ट्रपतिका साझा उम्मेदवारप्रति सकारात्मक रहेकाे प्रतिक्रिया दिएको यादवले बताए। उपराष्ट्रपतिकाे निर्वाचन यही चैत ३ गते हुँदै छ। निर्वाचन आयाेगले आज राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाएकाे छ। 

सुझावित समाचार