इतिहासमा आज

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

सन् १९१० : फ्रान्सेली महिला रेमोन्ड डी लारोची पाइलटको लाइसेन्स पाउने पहिलो महिला बनिन् । फ्रान्सेली चालक लारोची एकल उडान भर्ने पहिलो महिलासमेत थिइन् । उत्तरी फ्रान्सको ले क्रोटोय एयरफिल्डमा एउटा विमानको परीक्षणात्मक उडानका क्रममा विमान दुर्घटना हुँदा उनको ३६ वर्षको उमेरमा मृत्यु भएको थियो ।

सन् १८१७ :  न्युयोर्क स्टक एक्सचेन्जको स्थापना । न्युयोर्क सहरको वाल स्ट्रिटमा रहेको यो एक्सचेन्ज विश्वकै ठूलो स्टक एक्सचेन्ज हो ।

सन् १९४२ :  जापानी सेनाबाट बर्माको रंगुन कब्जा । थाइल्यान्डबाट बर्मा प्रवेश गर्दै जापानी सेनाले रंगुन कब्जा गरेपछि बर्मासँगको सडक विच्छेद हुँदा चिनियाँहरूको एक मात्र सुविधाजनक आपूर्ति एवं बर्मा प्रवेशद्वार अवरुद्ध भएको थियो 

सन् २०१४ :  क्वालालम्पुरबाट बेइजिङको लागि उडेको मलेसिया एयरलाइन्सको उडान ३७०  बेपत्ता । अन्ततः सन् २०१७ को सुरुमा खोजीकार्य बन्द गरिएको थियो ।

सन् १९६५ :  चार हजारभन्दा बढी समुद्री सेना दक्षिण भियतनामको डा नाङमा अवतरण । उक्त सेना भियतनाममा पहिलो अमेरिकी लडाकु सेना बनेका थिए ।

सन् १९५४ :  फ्रान्स र भियतनामले पेरिसमा इन्डोचीन राज्य गठन गर्ने सन्धिमा वार्ता सुरु । 

सुझावित समाचार