इतिहासमा आज : मार्च २

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

सन् २००२ : अफगानिस्तानमाथि अमेरिकाको आक्रमण । अप्रेसन एनाकोन्डाको हिस्साको रूपमा अमेरिकी परम्परागत युद्ध सेना सबैभन्दा पहिलो चरणमा परिचालित । 
सन् १९४६ : हो ची मिन्ह उत्तरी भियतनामका राष्ट्रपतिमा चयन ।
सन् १८०७ : अमेरिकी कंग्रेसद्वारा अमेरिकाभित्र दास व्यापारलाई सन् १८०८ जनवरी १ बाट लागू हुने गरी प्रतिबन्ध ।
सन् १९५६ : मोरोक्कोद्वारा ट्रेटी अफ फेज (फेज सन्धि) खारेज गर्दै आफूलाई फ्रान्सेली उपनिवेशबाट मुक्त भएको घोषणा ।
सन् १९३० : अंग्रेजी साहित्यकार डीएच लवरेन्सको फ्रान्सको भेन्समा मृत्यु । उनको अस्तुलाई सन् १९३५ मा उनी रहेको  न्यु मेक्सिकोको टाओसमा लगिएको थियो ।
सन् १७९६ : नेपोलियन बोनापार्ट इटलीमा फ्रान्सेली सेनाका प्रधान सेनापतिमा नियुक्त ।
 

सुझावित समाचार