काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई डाबरको ३० लाख सहयोग

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

डाबर नेपालले नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु¥याउने उद्देश्यले गुणस्तरीय बाल चिकित्सा हेरचाह उपलब्ध गराउन काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) नामक बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको छ ।

कम्पनीले केआइओसिएच काठमाडौं बाल स्वास्थ्य संस्थानले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने प्रयासमा सहयोग गरेको हो । 

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो । सहयोग रकम डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र कम्पनीका नेपाल र म्यानमारका लागि बिजनेस हेड एचएस बेदीले केआइओसिएच–काठमाडौं बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेको जनाइएको छ । 

उक्त अवसरमा डाबर नेपालका मानव संसाधन प्रमुख अनिल पुरी र केआइओसिएचका एडमिन कन्सल्टेन्ट मंदार शिखर बेनर्जीको उपस्थिति रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार