अहिलेको सवारीचालक अनुमतिपत्र परीक्षा निर्देशिका गलत : सांसद पाण्डे

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ गलत भएको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिकाअनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गरेका हुन्।

यस निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्यांकर, एक्स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाइ थियो। 

यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजस्व घटाउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परीक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने उनको तर्क थियो।  उनले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रियस्तरमा अमान्य हुन सक्ने बताए। 

सुझावित समाचार