टर्की र सिरियाका भूकम्पपीडितलाई आकस्मिक उद्धार र सहयोग

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसंघले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ। 

संयुक्त राष्ट्रसंघीय विभिन्न निकायहरूले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परेकाहरूको उद्धारको काम सुरु गरेका हुन् ।

सो भूकम्पमा परेकाहरूको सहयोगका लागि संयुक्त राष्ट्रसंघले विशेष टोली पठाएको बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिए।

उनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरूलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरूको साथमा रहेको बताए। उनले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरूको उद्धारमा लाग्न संयुक्त राष्ट्रसंघीय उद्धार अधिकारीहरूलाई निर्देशन दिए। 

उनले भूकम्पको क्षतिको आकलनका साथै त्यसमा परेकाहरूको सहयोगका लागि संयुक्त राष्ट्रसंघीय निकाय र अधिकारीहरू त्यहाँ पुगेका जानकारी दिए। 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयानुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेपनजिकै केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ। 
 
भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा सयाैँकाे मृत्यु भएको छ। भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महसुस गरिएको थियो।
 

सुझावित समाचार