गृह मन्त्रालयकाे टुंगाे लगाउन माओवादी स्थायी कमिटी बैठक सुरु

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। शनिबार दिउँसो बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो। 

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

साथै, केन्द्रीय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेन्डा छ। 
 

सुझावित समाचार