पात्रको परिधि

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

जवाफ दिँदा प्रतिक्रिया जनाउनु । प्रतिबद्धता जनाउभन्दा पक्षधरता लिनु। कसैको पक्षमा हुन कसैको विरुद्धमा लाग्नु । यो निषेध करिबकरिब स्थायी नियति हो, मानौँ एउटा दृष्टिकोण, एउटा राजनीतिक विचार राख्नैपर्छ । तर, यदि कल्पनाशीलता यो संसारबारे चिन्तन गर्ने एउटा अर्को तरिका हो भने ? कथाहरू भन्नु त्यस संसारलाई आकार दिनु हो भने ? अनि चलचित्रहरूको निर्माणले यसलाई बदल्न सक्छ भने ? मलाई अक्सर कुन ‘राजनीतिक दृष्टिकोण’बाट अभिप्रेरित हुनुहुन्छ अनि यो वा अर्को फिल्म बनाएर तपाईंले दिन खोज्नुभएको सन्देश के हो भनेर सोधिन्छ । यो प्रश्नले मलाई सधैँ सताउँछ, किनभने म आफूलाई कहिल्यै यस्तो प्रश्न सोध्दिनँ । म केवल फिल्म बनाउँछु ।

यी फिल्मका लागि म आफूलाई छुने जीवन र जगततिर केन्द्रित हुन्छु जुन मजस्तो व्यक्ति जो सेनगाली–मउरिससेली मूलको एउटा फ्रान्सेली हो, जो एक मजदुर बस्तीमा हुर्केको एउटा मुस्लिम हो, एक मानिस जो आफ्नो आधा समय अमेरिकामा बिताउँछ र जसका छोराछोरीका तीन महादेशमा घर छन्, त्यस्तो व्यक्तिलाई अर्थपूर्ण लाग्छ ।

मेरो सिनेमाको यात्रा सन् २०११ को फिल्म ‘द इन्टचेबल्स’मा एक अपत्यारिलो सुसारे ड्रिसको भूमिकाबाट सुरु हुन्छ, जुन पात्रकोे लोकप्रियताले मलाई अन्य भूमिकाहरू दिलायो । मैले ‘लुपिन’ सिरिजमा चोर असाने डिओपको चरित्रचित्रण गरेँ, चलचित्र ‘चकलेट’मा जोकरको भूमिका, कमेडी ड्रामा ‘साम्बा’मा सेनेगाली आप्रवासी साम्बा सिसे र ऐतिहासिक नाटक ‘फादर एन्ड सोल्डर’मा एक पिता एवं पैदल सैनिक बाकरीको भूमिका निर्वाह गरेँ ।

गत मार्चमा मुख्यतः श्रवणशक्ति नभएका कलाकारहरू अभिनीत ‘कोडा’ सर्वश्रेष्ठ चलचित्रको एकेडेमी अवार्ड जित्ने पहिलो चलचित्र बन्यो, जुन पर्दामा अदृश्यमानहरूको प्रतिनिधित्वको महत्वपूर्ण क्षण थियो ।

मैले यी पात्रको भूमिकालाई न्याय गरेको छु किनभने ती सबैमा एउटा साझा गुण छ, जुन मभित्र गहिरोसँग प्रतिध्वनित हुन्छ । तिनले पहिचानविहीन र अदृश्यमान मानिसको प्रतिनिधित्व गर्छन् जसलाई हामीले नाम दियौँ, पहिचान दियौँ र कथा दियौँ । यी मानिसको अस्तित्व छ, उनीहरूको जीवनको महŒव छ र उनीहरूको जीवनकथा सुनाउनयोग्य छन् ।

बाकरीमार्फत मैले मानिस कसरी भाग्यको लहरमा डोरिन्छ भनेर देखाएँ । अफ्रिकाको पैदल सैनिक बाकरी प्रथम विश्वयुद्धको दौरान बहादुरीका साथ फ्रान्सका लागि लड्छ र जुन लडाइँ आफ्नो थिएन, त्यही लडाइँमा मृत्युवरण गर्न पुग्छ । असानेमार्फत मैले फ्रान्समा एक सिमान्तका रूपमा हुर्के–बढेको एक सेनेगाली आप्रवासीको कथा पस्किएँ ।

इतिहासका उत्पादन हुन् वा काल्पनिकीका, यी पात्रहरूले एउटा महŒवपूर्ण वास्तविकता उजागर गर्छन् । असाने वा बाकरीजस्ता व्यक्ति हाम्रै आसपास छन्, तर अक्सर हामी तिनीलाई देख्दैनौँ । चलचित्र निर्माण पनि ठ्याक्कै यस्तै हो, मानिस र सम्भावना खोतल्ने । सिनेमाले काल्पनिकीलाई वास्तविकतासँग जोड्छ, यी दुईबीच सेतु निर्माण गर्छ र भन्छ, ‘आउनुहोस्, यसमा हिँडौँ ।’

चाहे कहानीबाट लिएका हुन् या मानव त्रासदीबाट उदिनिएका हुन् यी कथाहरू दर्शक–स्रोतासँग साझा गर्नु असीमित कल्पना र वास्तविकताबीच मार्गप्रशस्त गर्नु हो ।

सानो हुँदा म पेरिसको सहर ट्राप्पेसको काँठ पारिसियनमा मेरा अभिभावक र भाइबहिनीहरूसँग एउटा अपार्टमेन्टको आवतजावत गर्ने खुला ठाउँमा बस्थेँ । त्यहाँ एउटा चिजबाट अर्काेमा उछलकुद गर्दै बिन्दास भएर खेल्दै गर्दा आफैँलाई कथाहरू सुनाउँथेँ म । मलाई सपनाको ढोका खोल्न साँचो घुमाएजस्तो अनुभूति हुन्थ्यो यसो गर्दा ।

यी कथाहरू मैले मेरो आफ्नै परिवेशबाट कोरेको हुँ । हाम्रो आवासभित्र फुलादेखि फ्रान्सेलीसम्मका भाषाको होहल्ला र भिडभाड रहन्थ्यो । बाहिर सहरको उल्लास र चिन्तामिश्रित कोलाहल अनवरत चलिरहन्थ्यो, जुन चार दिवारी पार गरेर हाम्रो जीवनमा मिसिन आइपुग्थे ।

यी सबै सामग्रीले मेरा निम्ति एकान्तको एउटा आरामदायी घेरा निर्माण गरिदिन्थ्यो जसमा म हराउँथेँ । मैले यही पात्रहरू भेटेँ । दृश्य रेखांकन गरेँ, पटकथा कोरलेँ । संसार निर्माण गरेँ ।

मैले कल्पनाशीलताको शक्ति र यसको जादुको अनुभव यहीँ गरेको थिएँ । यद्यपि, मलाई मेरो कलिलो मस्तिष्कमा वास्तविकताको पुनर्कल्पना गरिरहेको लाग्थ्यो, तर वास्तवमा म त यसको जञ्जिरबाट उम्किरहेको रहेछु । म सिनेमालाई नबुझी, अन्जान–अन्जानमै सिनेमाको दुनियाँमा प्रवेश गरेको रहेछु ।

बाल्यकालमा मोहित बनाएका तिनै कथाले आजको वयस्क मलाई आकार दिएको हो । मैले त्यो अपार्टमेन्टको गल्ली त छोडेको छु, तर मबाट मेरो रचनात्मकता भने छुटेको छैन । मैले बताउन सहयोग गरेका कथाहरू अहिले फराकिलो क्यानभासमा रंगिएका छन् र ती मभन्दा चिरायु भएका छन् । के यस्तो मानिसले आफूलाई त्यहाँ भेट्टाएकाले भएको हो ? वा उनीहरूले आफ्नो विस्मृत संसारको एक हिस्सा त्यहाँ पाएकाले हो ? वा तिनका कमजोरीहरू त्यहाँ उजागर भएकाले ? जवाफ दिनु मेरो काम होइन ।

यी कथामा भएका व्यक्तिहरू अवास्तविक हुन सक्छन्, तर हामी तिनलाई आफ्नै छविछायामा ढाल्छौँ । हामी आफूले हस्तान्तरण गर्न चाहेको विरासत र सम्पदा दुवैको समष्टिलाई ती पात्रमा प्रतिबिम्बित गर्न अनि आफूले सामना गरेका र कामना गरेका सम्पूर्ण चिजको प्रतिबिम्ब र परावर्तन गर्न खोज्छौँ । 

यी कथा, यी कल्पनाहरू जब साझा गरिन्छन् तिनले एउटा नयाँ वास्तविकताको आकार ग्रहण गर्छन् । तिनले भावनाको सिर्जना र सञ्चार गर्न सामथ्र्य राख्छन् । तिनले आशा, मनोदशा वा सामूहिक आन्दोलन सिर्जना गर्ने सामथ्र्य राख्छन्, जसले समयको बहावलाई नै परिवर्तन गरिदिन सक्छ । तिनले ओझेलमा परेका र गुमनामहरूबारे बताउन सक्छन् र उनीहरूको जीवनमा उल्लेख्य परिवर्तन ल्याइदिन सक्छन् । (साई अभिनेता तथा निर्माता हुन्)

सुझावित समाचार