मोरङमा तीन ठूला दल हावी : ३ वटामा कांग्रेस, २ वटामा एमाले र १ वटा क्षेत्रमा मााओवादीको अग्रता

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङमा प्रतिनिधिसभातर्फ ६ वटै क्षेत्रको गणना जारी छ । अहिलेसम्मको गणनामा तीन ठूला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले मोरङमा विजयी हासिल गर्ने प्रारम्भिक आँकलन गरिएको छ ।

ताजा मतपरिणामअनुसा नेपाली कांग्रेसले तीन वटा, नेकपा एमालेले २ वटा र माओवादी केन्द्रले १ वटा निर्वाचन क्षेत्रमा आग्रता लिइरहेका छन् । मोरङ २, ३ र ६ मा काँग्रेस उम्मेदवार अघि छन् । मोरङ १ र ४ मा एमाले उम्मेदवार तथा मोरङ ४ मा माओवादी उम्मेदवार अघि छन् ।

मोरङ १ मा एमालेका घनश्याम खतिवडाले ७,०२९ मत प्राप्त गरेर अग्रता लिइहेका छन । उनलाई काँग्रेका डिकबहादुर लिम्बुले ६ हजार ४ सय ५८ मत पाएर पछ्याइरहेका छन् । यहाँ १ लाख २३ हजार ६ सय १५ मतदाता रहेका मध्ये ७६ हजार ५४ ले मतदान गरेका छन । 

मोरङ २ मा नेपाली कांग्रेसको नेतृ सुजाता कोइरालाले ८ हजार ५ सय ३९ मत पाएर अग्रता लिएकी छिन् । एमालेका जिल्ला अध्यक्षसमेत रहेका ऋषिकेश पोखरेलले ८ हजार ४ सय ३९ मत प्राप्त गरेर पछ्याइरहेका छन् । अन्य क्षेत्रका तुलनामा भन्दा यहाँ पोख्रेल र कोइरालाबीच चर्को प्रतिस्पर्धा भई एक अर्कालाई उछिन्ने क्रम जारी छ । यो क्षेत्रमा १लाख २४ हजार ७ सय २९ मतदाता रहेकोमा ८० हजार १२७  मतदान गरेका छन् । 

मोरङ ३ मा काँग्रेसका उम्मेदवार सुनिल शर्माले शुरुवातदेखी अग्रता लिर्दै १० हजार ७ सय ९५ मत ल्याएका छन् । एमालेका भानुभत्त ढकालले ६ हजार ४ सय ८८ मत मात्र प्राप्त गरेका छन्  । कांग्रेसका शर्माले निरन्तर मतान्तर फराकिलो पार्दै लगेका छन् । यहाँ ९७ हजार ५०९ ले मतदान गरेका छन् । 

मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले १५ हजार ८०९ मत प्राप्त गरी शुरुवातदेखी अग्रता लिइरहेका छन् । प्रतिस्पर्धी एमालेका विनोद ढकालले ८ हजार ८५८ मत पाएका छन । राप्रपाका रवि रिजालले ९ सय १० मत पाएका छन् । यहाँ १ लाख १० हजार ९३ मतदाता रहेकोमा ७४ हजार ५५७ ले मतदान गरेका छन् । 

मोरङ ५ मा भने एमाले गठबन्धनले जसपालाई धोका दिएको छ । यो क्षेत्र जसपालाई  छाड्ने केन्द्रिय समझदारी विपरित स्थानीय एमाले नेता–कार्यकर्ताले योगेन्द्र मण्डललाई स्वतन्त्र उम्मेदवारका रुपमा खडा गरेका थिए । त्यसपछि एमालेले मण्डललाई नै भोट दिएर अघि बढाएका छन् । अहिलेसम्म एमालेबाट बागी उम्मेदवारी दिएका मण्डलले १२ हजार ३५ मत प्राप्त गरेर अग्रता फराकिलो बनाएका छन् । निकटम प्रतिस्पर्धी माओबादी केन्द्रका शिवकुमार मण्डलले ९ हजार १ सय १९ मत पाएर दोस्रोमा छन् । एमाले गठबन्धनका आधिकारिक उम्मेदवारका रुपमा खडा भएका जसपाका राजकुमार यादवले भने ८ हजार ४ सय ७० मत पाएर तेस्रोमा छन । एमालेको आफ्नै उम्मेदवार भएका कारण जसपाका यादव पछि परेका हुन् । यहाँ कूल ७२ हजार ९७३ ले मतदान गरेका छन् । 

मोरङ ६ मा काँग्रेस नेता डा. शेखर कोइराला शुरुदेखी अग्रता लिइरहेका छन् । उनले ९ हजार ६ सय ८६ मत पाएर अग्रता हाँसिल गरिरहेका छन् । शेखरलाई एमालेका लालबाबु पण्डितले ८ हजार २७ मतले पछयाइरहेका छन् । यस क्षेत्रबाट अघिल्लो पटक एमालेका पण्डित निर्वाचित भएका थिए । यहाँ ८५ हजार ८२७ ले मतदान गरेका छन ।

मोरङको  सबै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । मोरङमा कूल ७ लाख २५ हजार ५ सय ३५ मतदाता रहेकोमा ४ लाख ८७ हजार ४७ ले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

See More On

सुझावित समाचार