काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले ६ हजार एक सय ८१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार इश्वर पोखरेलले चार हजार तीन सय ६५ मत प्राप्त गरेका छन् ।
हालसम्म १८ हजार सात सय ९७ मत गणना हुँदा पोखरेलभन्दा पौडेल एक हजार ८ सय १६ मतान्तरले अगाडि छन् ।