ओलीले लिए दोब्बर मतको अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झण्डै दोब्बरको अग्रता कायमै छ। झापा-५ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका ओलीले मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका छन्। 

९ हजार ९६९ मत गणना हुँदा ओलीले पाँच हजार १६३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले दुई हजार ५७५मत पाए। ओली र अधिकारी ०७४ मा पनि प्रतिस्पर्धा गरेका थिए। 

योपटक झापा–५ मा प्रतिनिधिसभाका लागि ओली र अधिकारीसहित २५ जनाले प्रतिस्पर्धा गरेका छन्। ९ हजार ९६९ मत गणना हुँदा ६०८ मत बदर भएको छ।
 

सुझावित समाचार