नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व,अग्रगति र प्रगतितर्फ लिएर जाने बताएका छन्।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बुटवल सडक विभागस्थित हेभी इक्युपमेण्ट कार्यालय परिसरमा मतदान पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले विगतका तितामिठा अनुभवबाट शिक्षा लिएर देशलाई समृद्धितर्फ लैजानुपर्ने बताएकाहन्।
पौडेल प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगर उम्मेदवार छन्।