१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २८ सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

३० वर्षमा २८ सरकारका नालीबेली समेटिएकाे ‘सत्तासंघर्ष’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १४:oo:oo

पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्तासंघर्ष’ प्रकाशित भएको छ। ०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालीबेली समेटिएको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो। 

पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्रीलगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन्। रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन–अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठकसमेतलाई नेपालको सरकार गठन, विग्रह र सञ्चालन बुझ्ने ह्यान्डबुक हुने अपेक्षा गरिएको छ।

पुस्तकमा प्रस्तुत अनेकौँ दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन, दल तथा तिनका नेताको सत्तामोहमा घनीभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ। पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरू तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ।

नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आमपाठकलाई सुसूचित गर्ने विश्वास प्रकाशकले लिएको छ।