Skip This
सभ्यता संकटमा पर्ने गरी कालीगण्डकी डाइभर्सन बनाउन दिन्न :  शशांक कोइराला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
रासस कावासोती
२o७९ कार्तिक २७ आइतबार १२:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभ्यता संकटमा पर्ने गरी कालीगण्डकी डाइभर्सन बनाउन दिन्न :  शशांक कोइराला

Read Time : < 1 मिनेट
रासस, कावासोती
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार १२:५८:oo

नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा १ का उम्मेदवार डा. शशांक कोइरालाले कालीगण्डकी सभ्यतालाई नै संकटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन्।

चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै संकटमा पार्ने भन्दै उक्त परियोजना अघि बढ्न नहुनेमा जोड दिए। 

त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने धारणा व्यक्त गरे।

‘कालीगण्डकी धार्मिक आस्थाको नदी हो। हाम्रो संस्कार र संस्कृति हो। आयोजनाले केही निश्चित व्यक्ति र समुदायलाई फाइदा होला, तर प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको छ,’ उनले भने। कोइरालाले डाइभर्सन निर्माण भए फाँट उजाड हुने, तापक्रम बढ्ने र तापक्रमको असर मानवसँगै पशुपक्षी र चराचुरुंगीमा पनि पर्ने भएकाले पर्यावरणीय र धार्मिक महत्व  बोकेको नदीलाई डाइभर्ट गर्न नहुने बताए।

यसअघि केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना अगाडि बढाउँदा प्रभावित स्थानीय तह, जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका बासिन्दाको चर्को विरोध गरेका थिए। बुटवलमा आयोजनाको अध्ययन कार्यालय स्थापना भएपछि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका प्रभावित क्षेत्रमा पर्ने १० स्थानीय तहहरूले विरोध गरेपछि योजना स्थगित भएको थियो।