मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सागबाट बनाइएको गुद्रुक, काउली र मुलाको चाना देखाउँदै ‘घरको कोशेली’का सहभागी । तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका
२०७९ कार्तिक २५ शुक्रबार २०:५२:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

अध्ययनसँगै उद्यमी बनाउँदै बोस्टन कलेज

Read Time : > 2 मिनेट
२०७९ कार्तिक २५ शुक्रबार २०:५२:००

भरतपुर महानगरपालिका २५ शुक्रनगर घरभएकी संस्कृति पौडेललाई लकडाउनको समयमा तरकारी नबिकेर खेरा जाँदा ज्यादै नरमाईलो लागेको थियो । उनको घरको मात्र हैन, त्यो समयमा जिल्लाभरी नै तरकारी नबिकेर नष्ट गर्नुपरेको समाचार प्रकाशन भएका थिए । पौडेललाई त्यही समयमा खेर जाने तरकारीहरूलाई कसरी लामो समयसम्म भण्डारण गरेर राख्न सकिएला भन्ने जिज्ञासा थियो । 
६ महिनाअघि बोस्टन कलेजले सुरु गरेको उद्यमी विकास कार्यक्रमको तेस्रो संस्करणबाट उनी अब मुला, साग र काउलीको चाना बनाउने व्यवसाय सुरु गर्ने भएकी छिन् । उनीसँगै उनका साथीहरू सफु शाक्य र समीक्षा उपरकोटी पनि छिन् । 
पौडेल भन्छिन्, ‘खेर जाने सागलाई गुद्रुक, काउली र मुलाको चाना बनाएर ‘घरको कोसेली’ ब्रान्डबाट उनीहरूले बजारीकरण सुरु गरेको बताए । सुरुवातमा नै राम्रो प्रतिक्रिया आएको छ,’ पौडेलले भनिन्, ‘थोरै मेहनत र लगानीमा हामीले उद्यमी विकास कार्यक्रम चल्दै गर्दा चार हजार रुपैयाँ बढी बचत गरिसक्यौँ । उनीहरूका अनुसार उनीहरू आफैँले अहिले घरमा उत्पादन भएको सागको गुद्रुक, काउली र मुलाको चना उत्पादन गरेका छन् । जसलाई आफ्नै ब्रान्डमा प्याकिजिङ गरिएको छ ।’ 

अनावश्यक प्लाष्ट्रिकका उत्पादनहरूले वातावरण प्रदुषण भएको यो अवस्थाले सिराहाकी प्रतीभा शाहलाई पनि चिन्तित बनाएको थियो । अहिले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एफयु) मा एग्रिकल्चर अध्ययनरत शाहले फिल्ड अध्ययनको क्रममा गहुँ, जौँको पराल (डाठ)बाट पाइप बन्छ भन्ने लाग्यो । उनले वातावरणमैत्री ‘जुस इको पाइप्स्’ बनाउने निर्णय गरिन् । उनलाई पनि सँगै पढ्ने खुसीराम लम्साल र रश्मीश्री सिंहले साथ दिएका छन् । उनीहरूका अनुसार इको पाइप्स्को अर्डर केही दिनअघि मात्र अनलाइनमा राख्दा ९१ जनाले यसको माग गरेका छन् । 
वर्कहोलिक नाम दिएर वोस्टनकै स्वर्णीम घिमिरे र सन्देश ढकालले मानिसहरूलाई धेरै रकम खर्च गरेर अफिस बनाउँने झन्झटबाट मुक्त दिन उनीहरूको अवश्यकताकाअनुसार ठाउँ प्रयोग गर्न दिने आइडिया प्रस्तुत गरे । 

‘मुख्य काममा भन्दा अफिस डेकुरेशनमा बढी खर्च हँुदा मानिसलाई लगानी गर्ने इच्छा नै नहुन सक्छ घिमिरेले भने, ‘हामी आफैँले पनि एउटा अफिस खोल्दा यो अनुभव लियौँ । त्यसैको आइडिया स्वरुप यो व्यवसायको सुरुवात भयो ।’

झोल मल र कम्पोष्ट मल उत्पादन गर्ने कृषि, पुराना जुत्ताचप्पल बेच्ने ‘सेकेन्ड चान्स’ व्यवसायको आफ्नै मैलिकता थियो । पाँच गु्रपले शुक्रबार चितवनको बोस्टन इन्टरनेसनलको उद्यमी विकास कार्यक्रमको तेस्रो संस्करणमा आफ्नो आइडिया प्रस्तुत गरिरहेका थिए । जुन दृश्य र संवादले नयाँ उद्यमीको जोस, कामप्रतिको लगाव र सम्बन्धित विषयमा गरेको गहन अध्ययन झल्कन्थ्यो । 

बोस्टन इन्टरनेसनल कलेजले विद्यार्थीको यो प्रस्तुति तयार गर्न ६ महिनादेखि तयारी गरिरहेका थिए । विभिन्न अनुभवी व्यवसायी, उद्योगी, विज्ञसँगको छलफलपछिको तयारीबाट उनीहरूले आफ्नो अनुभवलाई प्रस्तुतिका रूपमा राखेका हुन् । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एफयू) दुई र बोस्टन कलेजमा अध्ययनरत तीन गरी पाँच समूह सहभागी थिए । 

विद्यार्थी कसरी अध्ययनसँगै उद्यमशीलतामा लागेका छन् भन्ने पनि यो कार्यक्रममा प्रस्टै देखिन्थ्यो । यस संस्करणमा पाँचमध्ये घरको कोशेली र इको पाइप्स्को प्रस्तुति उत्कृष्ट भयो । उनी दुई लाख रुपैयाँसहित उद्यमी विकास कार्यक्रम ३ को विजेता बने । कलेजका अध्यक्ष आनन्दबहादुर चन्द र कार्यक्रमका प्रमुख अतिथि कारखानाका सिइओ तथा स्टार्टअप समिति अध्यक्ष प्रवित्रबहादुर गौतमले विजयीलाई प्रोत्साहनसहित चेक हस्तान्तरण गरे । 
उद्यमी विकास कार्यक्रमको १ को विजेता भरतपुरको सर्वोत्तम मसरुम फार्मको टिम भएको थियो । २ को जिम सेन्टर सञ्चालक चन्दन विश्वकर्मा विजेता बनेका थिए । 
यसअघिकोका उपविजेता रोजा सुवेदीले साथीको विवाहमा जाँदा सजावट सामग्रीहरू निकै महँगो लागेपछि सुरु गरेको टिम आर्सीले १७ वटाभन्दा बढी इभेन्टको जिम्मा लिइसकेकी छन् । उनको समूहले विवाह, पार्टी, जन्मदिन र सरप्राइज पार्टीको डेकोरेसन गरेर एक वर्षमा ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन् । रोजाले भनिन्, ‘यो उद्यमशीलता कार्यक्रमले विद्यार्थीलाई ज्ञान र व्यवहारिक सीप दिएको छ ।