१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल साफ यू– १५ महिला च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:२७:oo

कप्तान सुजाताले पेनाल्टी रोक्दै नेपाललाई दिलाइन् उपाधि

नेपालले साफ यू– १५ महिला च्याम्पियनको उपाधि जितेको छ । डबल राउन्ड रोबिनअन्तर्गत लिगकाे आफ्नो अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल अंक–तालिकाको शीर्ष स्थानमा रहेर विजेता बनेको हो ।

८८औँ मिनेटमा बंगलादेशले पाएको पेनाल्टी कप्तान सुजाता तामाङले रोकेपछि बंगलादेश खेल जित्दै उपाधि जित्नबाट वञ्चित भयो । नेपालले चार खेलबाट १० अंक जोड्यो । चार खेलबाट ७ अंक भएको बंगलादेश प्रतियोगिताको उपविजेता बन्यो ।

खेलमा सुरुवाती अग्रता नेपालले लिएको थियो । १४औँ मिनेटमा नेपालकी सुशीला केसीले गोल गरेकी थिइन् । तर, दोस्रो हाफको सुरुवातमै बंगलादेशले खेल बराबरीमा ल्याएको थियो । तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको हो ।

ad
ad