१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एपिएफ तेस्रोपटक फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:oo:oo

मधेस प्रदेशलाई सात विकेटले पराजित गर्दै विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कमलसिंह ऐरी चम्किएपछि एपिएफले तेस्रोपटक एकदिवसीय क्रिकेटको अन्तिम दुईमा स्थान बनाएको हो । एपिएफले उपाधिका लागि अर्काे विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको विजेतासँग शनिबार खेल्नेछ । 

कमलको धारिलो बलिङ
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । बलर ऐरीले धारिलो बलिङ गरेपछि मधेस सस्तैमा समेटिएको थियो । ३१ ओभरमा सबै विकेट गुमाएको मधेसले एक सय २२ रन बनाएको थियो । उनले सर्वाधिक चार विकेट लिएका थिए । नौ ओभर बलिङ गरेका कमलले एक मेडनसहित २७ रन बनाएका थिए । यसैगरी, भुवन कार्की र मौसम ढकालले समान दुई विकेट लिँदा किशोर महतोले एक विकेट लिन सफल भए । मधेसका मध्यक्रमका ब्याट्सम्यान रुपेश सिंहले सर्वाधिक ३६ रन बनाए । रुपेशले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । ओपनर सन्तोष कार्कीले ४८ बलमा २० रन जोडे । 

एपिएफ सात विकेटले विजयी
एपिएफले २१.३ ओभरमा मात्र तीन विकेट गुमाएर जित निकाल्यो । एपिएफले एक सय ७१ बलअगाडि जित हात पारेको हो । एपिएफको जितमा ओपनर प्रदीप ऐरीले ३३ रन र आसिफ शेखले २५ रन जोडेका थिए । दुवैले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङमा आएका लोकेश बमले ३५ बलमा सर्वाधिक ३५ रन बनाएका थिए । यसैगरी, सुमित महर्जनले १३ रनको योगदान गर्दा सन्दीप जोरा ६ रनमा अविजित रहे । बलिङतर्फ मधेसका रुपेश सिंहले दुई तथा राजेश यादवले एक विकेट लिएका थिए ।

प्रधानमन्त्री कपका विजेता 
०७४ सालबाट सुरु भएको प्रधानमन्त्री कपको पहिलो उपाधि वर्षाका कारण खेल प्रभावित हुँदा विभागीय टोलीद्वय पुलिस र आर्मी क्लबले बाँडेका थिए । दोस्रो संस्करण ०७५ सालमा आर्मीलाई ६ विकेटले पराजित गर्दै एपिएफ नयाँ च्याम्पियन भयो । ०७६ सालमा आर्मीलाई चार विकेटले हराउँदै पुलिस पहिलोपटक विजेता बनेको थियो । दुईपटक फाइनल पुगेर उपाधि जित्न नसकेको आर्मी ०७८ सालमा च्याम्पियन बन्यो । गत वर्षको संस्करणमा एपिएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थियो । अन्तिम संस्करण टी–२० फम्र्याटमा आयोजना भएको थियो ।

ad
ad