Skip This
पोस्ट डेंगु  संक्रमण बढ्दो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Tuesday, 13 May, 2025
मञ्जु टेलर काठमाडाैं
२o७९ कार्तिक २५ शुक्रबार o६:o४:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पोस्ट डेंगु  संक्रमण बढ्दो

Read Time : < 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार o६:o४:oo

सीतापाइला बस्दै आएका ४६ वर्षीय सुबिन महर्जन लामो समयदेखि निद्रा नलाग्ने, खानामा रुचि नहुने, थकान र एन्जाइटीका लक्षणहरू देखिएपछि बिहीबार वीर अस्पताल आएका थिए । उनमा यो समस्या डेंगु संक्रमण भएयता देखिएको हो । 

१५ देखि २५ प्रतिशतसम्ममा पोस्ट सिन्ड्रोम डा. नीरज बम, त्रिवि शिक्षण अस्पताल 
उपत्यकाका ठूला अस्पतालमा मात्र नभई क्लिनिकहरूमा समेत टाउको दुख्ने, ज्वरो, रिँगटा लाग्ने, थकाइ लागिरहने, निद्रा नलाग्ने, शरीर काँप्नेजस्ता लक्षण लिएर आउने गरेका छन् । डेंगु संक्रमणका कारण अस्पताल भर्ना हुनुपरेका बिरामी पोस्ट डेंगु सिन्ड्रोमबाट बढी प्रभावित भएको देखिन्छ ।

असोज पहिलो साता डेंगु संक्रमणका कारण ६ दिन अस्पताल भर्ना भएका महर्जनलाई संक्रमण निको भएको डेढ महिनासम्म पनि थकान, कमजोरीपन र अन्य लक्षण देखिइरहेको उनी बताउँछन् । डेंगु संक्रमण भइसक्दा पनि त्यसको असर नहटेकाले उनी नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् । उनी भन्छन्, ‘राति शरीर तातेर भुंग्रोजस्तो हुन्छ, तर ज्वरो नाप्दा देखिँदैन । कमजोरीले गर्दा अहिलेसम्म नियमित काममा फर्किन सकेको छैन । डेंगु नेगेटिभ आएपछि पनि तीनपटक अस्पताल आइसकेँ ।’ 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक डेंगु संक्रमणदर घट्दै गए पनि अस्पतालमा पोस्ट डेंगु सिन्ड्रोमका समस्या लिएर आउनेहरूको चाप घट्न सकेको छैन । वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. एसपी ढकाल भन्छन्, ‘अहिले ओपिडीमा आउनेको चाप बढेको छ । जसमध्ये अधिकांश बिरामी कमजोरीपन, थकान, ज्वरो, खाना नरुच्ने समस्या लिएर आउने गरेका छन् ।’ 

वीरमा मात्रै नभई शुक्रराज ट्रपिकल, टिचिङ, कान्ति, भक्तपुर, सिभिल, पाटन अस्पताललगायतका ओपिडीमा फलोअपमा आउने बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन् । टिचिङका डा. नीरज बमका अनुसार संक्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीमध्ये १५ देखि २५ प्रतिशतसम्ममा पोस्ट सिन्ड्रोम देखिने गरेको छ ।