१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ५ शनिबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनावी प्रतिस्पर्धा गरिरहेका मोरङका कांग्रेस उम्मेदवारको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५o:oo

मोरङमा चुनावी प्रतिस्पर्धा गरिरहेका एकजना उम्मेदवारको मृत्यु भएको छ ।मोरङको ३ (क) निर्वाचन क्षेत्रबाट प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धा गरिरहेका ५८ वर्षीय उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । निमोनियाका बिरामी रहेका थापा एक महिनादेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । उनलाई विशेष उपचार कक्षमा अक्सिजन दिएर उपचार गरिएको थियो । 

उम्मेदवार थापा  प्रदेश १ मा गठबन्धनको सरकारका वन, वातावरण तथा भूसंरक्षणमन्त्री पनि हुन् । उनलाई ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले समानुपातिकतर्फबाट  प्रदेश सांसद बनाएको थियो । मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका थापा उम्मेदवारी दर्ता गराएकै दिनदेखि बिरामी परेका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनियाले सिकिस्त भएपछि उम्मेदवार थापालाई थप उपचारका लागि हेलिकाेप्टर चार्टर गरेर काठमाडाैं लगिएको थियो । काठमाडौंमा उपचार भएपछि उनलाई बेडरेस्टका लागि उनकै इच्छानुसार पुनः विराटनगरको नोबेल अस्पतालमा ल्याइएको थियो ।  

अस्पतालमा उनले आफ्नो पार्टी र उम्मेदवारीको चिन्ता गर्दै चुनावी प्रतिस्पर्धाका लागि भेटघाट तीव्र बनाएका थिए । 

०५७ देखि कांग्रेस पार्टीको  सक्रिय राजनीतिमा सहभागी थापाले आठ वर्षसम्म स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निजी सहयोगी बनेर योगदान गरेका थिए । उम्मेदवार थापाले ०७० सालमा प्रतिनिधिसभामा एमालेका चण्डी राईसँग पराजय भोगेका थिए । यसपालि प्रत्यक्षतर्फबाट विजयी बनेर प्रदेश सांसद बन्ने उनको धोको थियो ।  

ad
ad